दोरम्बा गाउँपालिकामा थप एक जनाको मृत्यु भएको छ । आज मंगलवार राती वडा नं. ५ रजमन्टारबाट एम्बुलेन्समा दोरम्बा प्राथमिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा एक महिलाको मृत्यु भएको दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङले जानकारी दिनुभयो । एम्बुलेन्समा ल्याउँदै गर्दा विरामीको मृत्यु भएको यो पहिलो घटना हो । मृतक महिलाको पीसिआर परिक्षण नभएपनि कोरोनाको लक्षण रहेको अध्यक्ष तामाङले बताउनु भयो । यो संगै दोरम्बा गाउँपालिकामा मृत्यु हुनेको संख्या १० पुगेको छ । उहाँका अनुसार वडा नं. १ मा पनि एक जना विरामी सिकिस्त रहेको छ ।
त्यस्तै दोरम्बा गाउँपालिकामा थप १२७ जनाको पीसिआर परिक्षण नतिजा आएको छ । त्यसमा ८ वर्षीया बालिका समेत कोरोना पुष्टि भएको छ । नतिजाको पूर्ण विवरण भने भोलि बिहान बुधवारसम्म सार्वजनिक हुने स्वास्थ्य प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो ।
