एमाले रामेछाप जिल्ला सदस्य कुमार कँडेलद्वारा पार्टी परित्यागको घोषणा
रामेछाप । केही महिनाअघि रमेछाप जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित कुमार कँडेलद्वारा नेकपा(एमाले) परित्याग गरि नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गर्नु भएको छ ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसंग एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा समाहित भएको प्रेस विज्ञप्ति पढेर सुनाउनु भएको थियो ।

