सिंगार्चे । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिलो पटक उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सार्वजनिक कार्यक्रममा आउनु भएको छ । नेपालीहरुको चाड वडादशैं अवसरमा गुराँसेदेवि युवा क्बलले आयोजना गरेको खुल्ला नकआउट प्रथम उपराष्ट्रपति फुटबल प्रतियोगिता उद्घाटन गर्न कार्तिक १ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट दोरम्बा शैलुङ गाउँपालिका–५ र ६ को सिमानामा पर्ने गुराँसे खेल मैदानमा आउनु भएको हो ।



