काठमाडौं । अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसको ८ आंै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट बिरेन्द्र मगर (मदन) अध्यक्ष पदमा निर्वाचित भएको छ । त्यस्तै उपाध्यक्षमा दामोदर ज्ञावली, दिपेश महर्जन रसुजन घिमिरे , सचिवमा अशोक दुलाल, सह–सचिवमा सिर्जना खड्का
कोषाध्यक्षमा लोकराज तिमिल्सिना र सचिवालय सदस्य ८ पुर्ण कमिटि ३५ सहित पदाधिकारी रहेको छ । अध्यक्ष पदमा निर्वाचित भए लगत्तै मगरले सबै पदाधिकारीलाई शुभकामना ब्यक्त गर्दै ८ औ सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुने माथिल्लो कमिटीका नेतृत्व,नवनिर्वाचित पदाधिकारीहरु ,क्याम्पसमा अध्यनरत विद्यार्थीहरु प्रति आभार ब्यक्त गर्दै कमरेडहरुले आफुप्रति गरेको आशालाई कदापि निराशामा बदलिन दिने छैन, अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटीलाई १ नम्बर संगठन बनाउन मन, वचन र कर्मले लाग्नेछु र आगामी दिनहरूमा माथिल्लो कमिटीका आदरणीय नेतृत्व गढ, नवनिर्वाचित कमिटीका कमरेडहरु , क्याम्पस प्रशासन, क्याम्पसमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुको पुर्ण साथ र सहयोग पाउने अपेक्षा रहेको अध्यक्ष मगरले बताए ।

 

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर